राजतन्त्रबारे कांग्रेस अझै अनिर्णित
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफूले नेतृत्व गरेको दल नेपाली कांग्रेसले सम्विधान सभामा गणतन्त्र वा राजतन्त्र कसको पक्ष लिएर जाने भन्ने विषयमा निर्णय लिने बेला भैनसकेको बताएका छन्।
राजधानी फर्कनु अघि आइतवार गृहनगर बिराटनगरमा आफ्नो पार्टीका कार्यकर्ताहरुसंग कुराकानी गर्दै प्रधानमन्त्री कोइरालाले सम्विधान सभाको चुनावको मिति नजिकिंदै गएपनि राजतन्त्रका बारे कांग्रेसको धारणा बुझ्न केही समय पर्खन आग्रह गरेका थिए।
उनले अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थिति तथा जनताको विचार बुझेर मात्रै निर्णय गर्ने कांग्रेसको परम्परा रहेको बताउंदै त्यसै अनुरुप पार्टीले आफ्नो धारणा छिट्टै सार्वजनिक गर्ने पनि बताए।
चुनाव अघि एकता
एक प्रश्नको जवाफमा प्रधानमन्त्री कोइरालाले सम्विधान सभाको चुनाव अघिनै दुबै कांग्रेस एक भैसक्ने जनाए।
उनले त्यसका लागि पार्टीको महाधिवेशन गर्न समय नभएकोले आपसी सहमतिबाटै एकीकरण गर्न सकिने पनि जनाए।
पार्टीको एकीकरणका लागि कार्यदल गठन गर्नुपर्ने भन्ने प्रस्ताव पनि पुरानो भैसकेको कोइरालाको भनाइ थियो।
उनले आफू पार्टी एकताका लागि प्रतिवद्ध रहेको दोहो-याएका थिए।
सत्तारुढ सात दलहरु र नेकपा माओवादीले यसअघि नै आउंदो जेठ महिना भित्र सम्विधान सभाको चुनाव गरीसक्ने कुरामा सहमति जनाएका थिए।
गणतान्त्रिक मोर्चा बनाएर चुनावमा जाने भन्ने प्रस्तावलाई कोइरालाले यस अघि नै अस्वीकार गरीदिएका थिए।
कोइरालाले आफूलाई सेरेमोनियल अर्थात आलंकारिक राजतन्त्रको पक्षमा उभ्याए पनि उनको दल नेपाली कांग्रेसले यस विषयमा आफ्नो औपचारिक धारणा बनाइसकेको छैन।